श्रद्धेय आदरणीय बन्धुहरू, शुभकामना ! सृष्टि विकासको कथा र यसको परम्परा अति दीर्घ भए पनि सधैं खोजपूणर् रहेको छ । नेपाली समाज निर्माण एवं स्थापित इतिहासलाई नियालेर हेर्दा नेपाली पुर्खाहरूको गुरू, गोत्र र स्थलका आधारमा थर कायम भएको पाउँछौं । “नेपाल” थरको नामाकरण पनि यिनै गोत्रको आधार “कौशिकादि सन्तति” र स्थानको आधारमा “नेपाल” रहेको हाम्रो वंशावलीले पनि प्रष्ट पारेको छ । “नेपा” (गाउँ) मा आलय (घर) भएका मानिस “नेपाल” भनि सोहि बमोजिम चिनिए र यसैको आधारमा “नेपाल” थरको वंशावली कौशिकादि…