नेपाल वंशज परिषद्

अनिलकुमार उपाध्याय नेपाल

श्रद्धेय आदरणीय बन्धुहरू, शुभकामना !

सृष्टि विकासको कथा र यसको परम्परा अति दीर्घ भए पनि सधैं खोजपूणर् रहेको छ । नेपाली समाज निर्माण एवं स्थापित इतिहासलाई नियालेर हेर्दा नेपाली पुर्खाहरूको गुरू, गोत्र र स्थलका आधारमा थर कायम भएको पाउँछौं । “नेपाल” थरको नामाकरण पनि यिनै गोत्रको आधार “कौशिकादि सन्तति” र स्थानको आधारमा “नेपाल” रहेको हाम्रो वंशावलीले पनि प्रष्ट पारेको छ । “नेपा” (गाउँ) मा आलय (घर) भएका मानिस “नेपाल” भनि सोहि बमोजिम चिनिए र यसैको आधारमा “नेपाल” थरको वंशावली कौशिकादि सन्तति अर्थात वंश सुरू भएको प्रमाण देखिन्छ । हामी “नेपाल” थर भएका कौशिकादि सन्ततिको वंशावली (नेपाल थरको वंशावली) सम्पादक पूणर्प्रकाश नेपाल “यात्री” अन्वेषक भई नेपाल वंशज परिषद्, वंशावली प्रकाशिनी समिति, पहिलो संस्करण संवत २०४५ साल कार्तिक पूणर्िमामा प्रकाशन भएबाट पनि हाम्रो इतिहास र पूर्वजको बारे धेरै हदसम्म प्रष्ट भएको पाउछांै । नेपालमा बस्ने कौशिकादि सन्तति नेपाल थरका नेपाली वा विदेशमा बसोबास गर्दै आउनुभएका नेपाल थरका कौशिकादि सन्तति नेपाल वंशजहरूबीच बन्धुत्व बढाउनका निम्ति आफ्ना सगोत्री बन्धु बान्धवसंग सहकार्य र सुमधुर सामिप्य लाभ गर्न सकियोस् र सद्भाव कायम गर्न सकियोस् भनी हाम्रा अघिल्ला पुस्ताले पुस्तक एवं लेख रचनाहरूको संप्रेषण अभियानबाट सृजित “कौशिकादि वंशलता” पत्रिका प्रकाशन गर्ने जुन सोच थियो, त्यसलाई परिषद्ले “वंश खोज” प्रकाशनको माध्यमबाट जानकारीमा आएका आफ्ना वंश सम्बन्धी कागजपत्र, ताम्रपत्र, शिलालेख, लालमोहर, सनदसवाल, मानपदवी, तक्मा, पुरस्कार आदि र अन्य प्राप्त सामग्रीको आधारलाई समेटेर प्रकाशन गर्ने गरिएको छ । यस कार्यमा हाम्रो निरन्तर प्रयास रहिरहेको र रहिरहन जरूरी पनि छ । प्रथम आलेख/अभिलेखीकरणमा प्रकाशित प्रस्तुत वंशावलीमा हामीले तपाइँले सोचेको ढाँचा नमिलेका, क्रम नमिलेका नाम, छुटेका विषयवस्तुहरूलाई आउने प्रकाशनमा अभिलेखीकरण गर्ने अभियानमा छौं । नेपाल भित्र मात्र हैन विश्वभरमा छरिएका नेपाल थरका कौशिकादि सन्तति वंशजहरूले आफ्नो पूर्वज, जन्मस्थान, शाखा-प्रशाखा वा जुनसुकै सहज माध्यमबाट आप्mनो विवरण अभिलेखीकरण गर्नमा मद्दत गर्न सविनय अनुरोध गर्दछु । “दुल्लु राजधानी नजिकै अवस्थित नेपा गाउँ”मा नेपाल थरीको प्रादुर्भाव एवं उत्पत्ति जयविद्याधर पंडितका छोरा सर्वज्ञधर (सर्वू पंडित) नेपा विर्ता संग भएको जानकारी विभिन्न प्रसंग एवं प्रभावबाट पाउँदछौं । दुल्लुको नेपा विर्ताबाट पाल्पा, नेपा विर्ताबाट झिल्टुङ नुवाकोट, झिल्टुङबाट सिपामण्डन, सिपामण्डनबाट भोजपुर, कास्की, पाल्पाबाट पुनः दैलेख, सिपामंडनबाट पूर्व-दक्षिण तथा काठमाडौं उपत्यका र देशका अन्य भागका साथै विदेशका विभिन्न मुलुकहरूमा समेत बसोबास गरिरहेको बारे वंशावलीमा प्रष्ट जानकारी रहेको छ भने कतिपय वंशमवलीमा समावेश नभएको अवस्था विद्यमान अवस्था छ । यिनै सिलसिलामा हामी नेपाल थरको वंशको पूर्व थलो “नेपा” दुल्लुमा रहेको मूलथलो (स्थान) को पहिचानलाई जीवन्त राख्न र आउँदो सन्ततिलाई वंशको मूलथलोसँग आबद्ध गर्ने हेतुले २०७७ फागुन २५ गते त्यसै गाउँमा पूर्वजसँग जोडिएको स्थानमा आप्mनो व्यक्तिगत नाममा रहेको जग्गाबाट परिवारको सल्लाह अनुसार १६४० वर्गमीटर क्षेत्रफलमा पैmलिएको भुमि लक्ष्मी प्रसाद नेपालका नाति नरीश्वर नेपालका छोरा श्री जागेश्वर नेपाल, पुस्ता नं. २२ बाट नेपाल वंशज परिषद् केन्द्रिय समितिको नाममा निशुल्क प्राप्ति भएको अवस्था छ र सपरिवार प्रति आभारी छौं । साविक दुल्लु दरबारलाई साविकको पहिचान हेतु भवन निर्माण कार्य गर्न दुल्लु नगरपालिका, दैलेख, कणर्ाली प्रदेशबाट “नेपाल घर निर्माण”-दुल्लु दरबार तथा काजी जस्पाउ थापाको पौवा कृतिलाई आधार बनाइ तयार गरिएको नयां भवन डिजाइन योजना र लागत समेत इस्टिमेट तयार भईस्थानीय तहमा गठित नेपाल वंशज परिषद् शाखा समेतको सकृयतामा कार्य सम्पन्न गर्ने गरी कार्यथालनी भई सकेको अवस्था छ । यस विषयमा हामीले तैयार भएको छोटो जानाकरी हाम्रो वेबसाइटमा समेत राखेका छौं । साथसाथै झिल्टुङ नुवाकोट शाखा झिल्टुङमा नेपाल समाजको अगुवाईमा सामूदायिक वंश भवनको शुभारम्भ भइसकेको छ । मण्डन शाखा र भोजपुर शाखामा पनि पहिचान कार्य अघि बढी सकेको अबस्था छ । पाल्पामा पनि आफ्नै पहिचान सहित भवन निर्माण खोजी कार्य जारी रहेको छ । यसरी हाम्रा वंश विस्तारका पाँच मूल शाखा दैलेख, पाल्पा, नुवाकोटको झिल्टुङ, मण्डन र भोजपुरमा आफ्नै पहिचान सहित भवन निर्माण गर्ने कार्यमा कार्य समिति प्रतिबद्ध रहेको छौं । यसरि नेपाल अधिराज्यभर र विदेशमा समेत संगठन/शाखा विस्तारका साथै कौशिकादि सन्तति “नेपाल वंशको आफ्नै पहिचान” सहित भवन निर्माणका साथसाथै नेपाल थरको वंशावली दोस्रो संस्करण प्रकाशन आदि कार्यको सम्पन्नताका लागि सबै कौशिकादि सन्ततिहरुमा यथासक्य नामावली संस्प्रेषण एवं संकलनकासाथै आर्थिक, सामाजिक, प्राविधिक एवं भावनात्मक सहयोग तथा एकताको” अपिल गर्न चाहन्छौं । हिजो गरियो र आज गरिदैछ यतिले मात्र पूणर् हुँदैन, पूणर्ताको निरन्तरतामा आउँदो सन्ततिले पनि सहजता र आफ्नो पनको अनुभव प्राप्त गरून् भन्ने हार्दिक शुभेच्छा सहित सहयोगका लागि आभारी छु । धन्यवाद ।

Contact With Us

Kathmandu metropolitan-3 Maharajgunj, Sangam Tol
Bagmati Pradesh
Pin :44600 , Nepal.
+9779851003133
+977-9851003133

Connect with us

-->